शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

आज पनि बढ्यो सुनको मूल्य, प्रतितोला कति मूल्यमा हुँदैछ कारोबार ?

दैनिक नेपाल २०७७ फागुन ११ गते १२:२४

काठमाडौं, ११ फागुन । नेपालको स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला १ हजार १०० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएअनुसार हिजो सोमबारको तुलनामा आज भाउ बढेको हो । जसअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९० हजार १०० रुपैयाँ पुगेको छ । हिजो सोमबार यसको भाउ ८९ हजार रुपैयाँ कायम थियो ।

यसैगरी, आज तेजाबी सुनको भाउ प्रतितोला ८९ हजार १५० रुपैयाँ तोकिएको महासंघले जानकारी दिएको छ । सुनको भाउ बढेसँगै चाँदीको मूल्य पनि उकालो लागेको छ । आज चाँदीको मूल्य प्रतितोला १ हजार ३६० रुपैयाँ कायम छ ।

हिजो सोमबार नेपाली बजारमा चाँदीको भाउ प्रतितोला १ हजार ३३५ रुपैयाँ कायम थियो ।

प्रतिक्रिया
सम्बन्धित