२ कार्तिक २०८३, सोमबार

नासाद्वारा मंगल ग्रहमा पेर्सिवरेन्स रोवर अवतरणको भिडियो सार्वजनिक

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

न्युयोर्क, ११ फागुन । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले मंगल ग्रहमा आफ्नो यान पेर्सिवरेन्स रोवर अवतरणको भिडियो सार्वजनिक गरेको छ ।

गएको हप्ता नासाले पठाएको रोवर मंगल ग्रहको सतहमा अवतरण गर्दाको अन्तिम केही मिनेटको भिडियो नासाले सार्वजनिक गरेको हो। भिडियोमा रोबर्टको चक्काले मंगलग्रहको सतहमा टेक्दै गरेको देखिन्छ।

रोवर अवतरण हुँदा मंगलग्रहको सतहमा रहेको धुलो र साना गिट्टीहरु उड्दै गरेको देखिएको छ।