१० कार्तिक २०८३, मंगलबार

दाङमा जीप र अटो ठोक्किँदा चालकको मृत्यु

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

घोराही, ११ फागुन । दाङमा जीप र अटो आपसमा ठोक्किँदा अटो चालकको मृत्यु भएको छ भने पाँच यात्रु घाइते भएका छन् ।

घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ । उनीहरूलाई उपचारका लागि बाँकेको कोलहपुर पठाइएको छ ।

दुर्घटनामा शान्तिनगर गाउँपालिका– १ पेदीखोलाका अटो चालक ३० वर्षीय रमेश विकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटना शान्तिनगर १ की ३० वर्षीया रुपा वली, उनकी २ वर्षीया छोरी पुष्पा वली र शान्तिनगर २ की ४१ वर्षीया शारदा केसीलगायत घाइते भएका हुन ।

तुलसीपुरबाट पश्चिम जाँदै गरेको रा१ह ४३३६ नम्बरको अटो र पश्चिमबाट तुलसीपुरतर्फ आउँदै गरेको रा१ज ५०८ नम्बरको जीप तुलसीपुर उपमहानगरपालिका– ८ दुघेनामा सोमबार दिउँसो ३ बजेतिर आपसमा ठोक्किँदा दुर्घटना भएको थियो ।