महेन्द्रनगर, ११ फागुन । कञ्चनपुर जिल्लामा मा घरायसी विवादका क्रममा कुटपिट गरेर बुहारी र नातीले वृद्धको हत्या गरेका छन् ।
भीमदत्त नगरपालिका–२ पशुपती टोल बस्ने ३५ वर्षीया सीता थापा र उनका छोरा १८ वर्षीय अर्जुनले कुटपिट गरेर ७६ वर्षीय प्रेम थापाको हत्या गरेका हुन् ।
उनीहरू दुवै जना मृतकका बुहारी र नाती रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमर थापाका अनुसार माघ २८ गते घरायसी विवादका क्रममा थापामाथि चिर्पटले कुटपिट गरेपछि गम्भीर घाइते भएका थिए ।
घाइते थापाको उपचारका क्रममा सोमबार महाकाली अस्पतालमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक थापाले बताए । उनको मृत्युपछि बुहारी र नातीलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।











प्रतिक्रिया