बैतडी, ११ फागुन । बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका दिने भट्टलाई थप पाँच दिन हिरासतमा राखिने भएको छ ।
सोमबार दिनेशमाथि थप अनुसन्धानका लागि अझै ५ दिनको म्याद थप गरिएको छ । जिल्ला अदालत बैतडीले अनुसन्धानका लागि थप ५ दिनका लागि अनुमति दिएको हो ।
बुधबार सार्वजनिक गरिएका १६ वर्षीय दिनेशमाथि अनुसन्धानका लागि अदालतले ५ दिनका लागि अनुमति दिएको थियो । उक्त म्यादमा अनुसन्धानको क्रम नसकिएकाले थप ५ दिनका लागि अनुमति लिइएको हो ।











प्रतिक्रिया