शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

पेप्सीकोलामा बसले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु

दैनिक नेपाल २०७७ फागुन १० गते २०:३८

काठमाडौँ, १० फागुन । काठमाडौँ महानगरपालिका¬–३२ स्थित पेप्सीकोलामा बसको ठक्करबाट आज एकको मृत्यु भएको छ ।

बा ३ ख ९६६१ नम्बरको बसले ठक्कर दिँदा पैदलयात्री सोही ठाउँ बस्ने खोटाङको मझुवागढी नगरपालिका १ का ७४ वर्षीय कृष्णबहादुर श्रेष्ठको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

बसको ठक्करबाट गम्भीर घाइते भएका उनको मदरल्याण्ड अस्पताल पेप्सीकोलामा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटना गराउने बसका चालक र सहचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैबीच काठमाडौँ महानगरपालिका–६ रामहिटीस्थित सडकमा एक पुरुष आज मृत अवस्थामा फेला परेका र उनको पहिचान नभएको प्रहरीले जनाएको छ ।

दुवै घटनाको अनुसन्धान भइरहेको जनाइएको छ । उता चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट नियन्त्रित लागुऔषध तीन हजार ट्याब्लेट, नाइट्राजेपाम, ३०० एम्पुल नुर्फिन, ३०० एम्पुल डाइजेपाम र ३०० एम्पुल प्रोमेथाइजिनसहित एक जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा रौतहटका १९ वर्षीय विवेक महतो रहेका छन् ।

महानगरीय प्रहरी प्रभाग नागढुङगाबाट खटिएको प्रहरीले रौतहटबाट काठमाडौँतर्फ आउँदै गरेको ना ६ ख ७१९४ नम्बरको बस जाँच गर्ने क्रममा महतोको साथमा उक्त लागुऔषध फेला परेको हो । उनीमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । –रासस

प्रतिक्रिया
सम्बन्धित