बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

भूमिसम्बन्धी समस्या समाधान आयोगको पदस्थापन

बीबी श्रेष्ठ २०७७ फागुन १० गते २०:११

तनहुँ, १० फागुन । तनहुँमा भूमिसम्बन्धी समस्या समाधान आयोग जिल्ला समितिको पदस्थापन भएको छ ।

भूमिसम्बन्धी समस्या समाधान आयोगका केन्द्रीय सदस्य एकबहादुर रानाको अध्यक्षतामा सम्पन्न भएको पदस्थापन कार्यक्रमको स्वागत जिल्ला समन्वय समितिका सभापति शान्तिरमण वाग्लेले गरेका थिए ।

आयोगको जिल्ला समितिका अध्यक्ष दधिराज सुवेदी, विज्ञ सदस्य दीर्घ दरै र सदस्य शान्ति कुँवरलाई राष्ट्रियसभा सदस्य भगवती न्यौपानेले टीका र खाँदा लगाएर पदस्थापन गराएका थिए । कार्यक्रमका प्रमुख अतिथि भगवती न्यौपानेले नयाँ कार्यसमितिले भूमिसम्बन्धी समस्या समाधानको मुल मन्त्रलाई आत्मासात गरेर काम गर्न आग्रह गरे ।

कार्यक्रममा सम्वोधन गर्दै नेकपा जिल्ला कमिटीको अध्यक्ष केदार सिग्देलले भूमि समस्या समाधानमा सरकारले ल्याएको नीतिबमोजिम तोकिएको जिम्मेवारी पूरा गर्न आयोग सक्षम हुनुपर्ने बताए । संविधानले नै कुनै पनि नेपाली जनता भूमिहीन तथा सुकुम्बासी हुन नपरोस भनेर व्यवस्था गरेको हुदाँ यो आयोगको मुख्य अभिभारा त्यसमा नै केन्द्रित हुनुपर्ने बताए ।

यसैगरी नेपाली काग्रेस तनहुँका कावा सभापति जितप्रकाश आलेले आफ्नो पार्टीबाट यो आयोगलाई पूर्ण सहयोग हुने बताए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सागर आचार्य, जसपाका जिल्ला नेता कृष्ण घिमिरे, प्रहरी प्रमुख अरुण पौडेललगायत व्यक्तित्वहरुको उपस्थिति थियो ।

पदभार ग्रहण गर्दै भूमिसम्बन्धी समस्या समाधान आयोग तनहुँका अध्यक्ष दधिराज सुवेदीले समयमा नै जिम्मेवारी पूरा गर्ने गरी काम गर्ने बताए ।

प्रतिक्रिया
सम्बन्धित