बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

कान्छी बजारको तरकारी तथा फलफूल बजारमा नबिल बैंकको क्यूआर भुक्तानी सेवा शुरू

दैनिक नेपाल २०७७ फागुन १० गते १९:३६

काठमाडौं, १० फागुन । नबिल बैंकले भैरहवा कान्छी बजारकोे तरकारी तथा फलफूल बजारमा क्यूआर भुक्तानी सेवाको शुभारम्भ गरेको छ ।

सोमबार दिउँसो नेपाल राष्ट्र बैंक प्रादेशिक कार्यालय भैरहवाका निर्देशक सुदिप फुयाँलले फलफूल खरिद गरी क्यूआर कोडमार्फत भुक्तानी गरी नबिल बैंकको क्यूआर भुक्तानी सेवा शुरू गरेका हुन् ।

अब उक्त बजारमा जाने उपभोक्ताले आफ्नो मोबाइल बैंकिङ एप्लिकेसन वा मोबाइल वालेटमार्फत सजिलै खरिद गरेको तरकारी तथा फलफूलको रकम भुक्तान गर्न सक्ने छन् ।

क्यूआर कोड भुक्तानी सेवा उद्घाटन कार्यक्रममा नेपाल राष्ट्र बैंक प्रादेशिक कार्यालय भैरहवाका निर्देशक फुयाँल, नेपाल राष्ट्र बैंकका प्रादेशिक कार्यालय भैरहवाका सहायक निर्देशक रमेश न्यौपाने नबिल बैंकका लुम्बिनी प्रदेश प्रमुख यज्ञप्रसाद शर्मा, नबिल बैंक भैरहवा शाखाका प्रबन्धक लिला प्रसाद ओझा, नबिल बैंकका लुम्बिनी प्रदेश प्रबन्धक मधुजंग कार्की र उक्त बजार व्यवस्थापन समितिका अध्यक्ष दिपक सहानीको उपस्थिति थियो ।

उद्घाटनमा नेपाल राष्ट्र बैंकका प्रादेशिक कार्यालय भैरहवाका निर्देशकले विभिन्न तरकारी तथा फलफूल पसलको अवलोकन र निरीक्षण गरेपछि केही पसलमा खरिद गरी आफ्नो मोबाइल बैंकिङको क्यूआर कोडमार्फत भुक्तानी सेवा शुरूवात गरेका थिए ।

नगद तथा डेबिट र क्रेडिट कार्डको विकल्पमा क्यूआर कोड भुक्तानी छिटो र झन्झटमुक्त छ । छिटो र कारोबारको कुनै शुल्क नलाग्ने भएकाले पछिल्लो पटक उपभोक्ताहरू यो नविन सेवातर्फ आकर्षित भइरहेका छन् ।

डिजिटल कारोबारलाई प्रश्रय दिन र क्यासलेस कारोबारलाई बढावा दिनका लागि नबिल बैंकले सन् २०२० को मार्चदेखि क्यूआर कोड भुक्तानी सेवा शुरू गरेको थियो ।

साथै नबिल बैंक भैरहवा शाखाको पहलमा वल्र्ड लिंक नेपालले भुक्तानी सेवालाई सहजीकरण गर्न उक्त बजार क्षेत्रमा निःशुल्क वाइफाइ समेत जडान गरिदिएको छ ।

अहिले बैंकको साथमा देशभर २ हजारभन्दा बढी क्यूआर सेवा दिने व्यावसायिक प्रतिष्ठानहरू रहेका छन् । जुन हरेक दिन बढिरहेका पनि छन् ।

नबिल बैंकले कोभिड महामारीकै बीचमा नबिल डिजी बैंक स्थापना गरेर उपभोक्ताको हरेक कामहरूलाई डिजिटल सेवामार्फत सेवा पुर्याइरहेको छ ।

बैंकले ग्राहकहरूको आवश्यकताहरू पूरा गर्न डिजिटल मार्गहरूको अन्वेषण गर्दै छ । बैंकले मुलुकको पहिलो डिजिटल बैंक बन्ने लक्ष्य राखेको छ । नबिल डिजी बैंकले लक्ष्य हासिल गर्न ग्राहक टचपोइन्टहरू र आन्तरिक प्रक्रियाहरू क्रमिक रूपमा अगाडि बढाएको छ ।

प्रतिक्रिया
सम्बन्धित