
काठमाडौं, १० फागुन । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका १२५ जना नयाँ संक्रमित थप भएका छन् ।
बितेको २४ घण्टामा देशभर ३ हजार ६८१ जनाको स्वाब परीक्षण गर्दा उक्त संख्यामा संक्रमित पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ७३ हजार ५५६ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९० जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमण निको हुनेको संख्या २ लाख ६९ हजार ९६६ जना पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा देशभर कोही पनि संक्रमितको मृत्यु नभएको मन्त्रालयले जनाएको छ । शुक्रबारसम्मको विवरण अनुसार हालसम्म नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ६१ जना पुगेको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या १ हजार ५२९ छ ।
मन्त्रालयका अनुसार हालसम्म नेपालमा २१ लाख ४३ हजार ३१५ जनाको पीसीआर विधिबाट स्वाब परीक्षण गरिएको छ भने अहिले १ हजार ५२९ जना आइसोलेसन र ६६ जना क्वारेन्टिनमा छन् ।















प्रतिक्रिया