बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

विद्युतीय माध्यमबाट रेमिट्यान्स सेवा विस्तार गर्न आईएमई र अल अहलिया एक्सचेन्जबीच सम्झौता

दैनिक नेपाल २०७७ फागुन १० गते १५:५०

काठमाडौं, १० फागुन । रेमिट्यान्स सेवा प्रदान गर्दै आइरहेको संयुक्त अरव एमिरेट्स (यूएई) स्थित कम्पनी अल अहलिया एक्सचेन्ज र नेपालको अग्रणी विप्रेषण सेवा प्रदायक आईएमई लिमिटेड तथा आईएमई लिमिटेडको डिजिटल भुक्तानी सेवाप्रदायक आईएमई–पेबीच पीटुपी मनी ट्रान्सफरका लागि समझदारी भएको छ ।

समझदारीपछि आईएमईमार्फत रेमिट्यान्स पठाउने नेपाली नागरिकले सिधै प्रापकको आईएमई–पे वालेटमा रकम प्राप्त गर्न सकिने छ । सम्झौतापछि अल अहलिया एक्सचेन्ज यूएईबाट नेपालको आईएमई–पेमा सिधै पैसा पठाउने पहिलो एक्सचेन्ज हुने छ ।

यो समझदारी डिजिटल ट्रान्सफरमेसनमा दुबै कम्पनीका लागि अर्को महत्त्वपूर्ण फड्को भएको कम्पनीले बताएको छ । यसबाट यूएईमा रहेका आफ्ना सेवाग्राहीहरूलाई डिजिटल प्लेटफर्ममा जोडिने अवसर प्रदान गरेको छ । यस अवसरले सेवाग्राहीहरूलाई अल अहलिया एक्स्चेन्ज यूएइ बाट पठाएको रेमिट्यान्स नेपालस्थित आईएमई–पेमा सोझै प्राप्त गर्न सकिने नयाँ सुविधा प्रदान गरेको छ ।

रोजगारीका वा व्यापार व्यवसायका लागि यूएईभर छरिएर रहेका लाखौं नेपाली नागरिकहरूले अल अहलिया एक्सचेन्जबाट पठाएको पैसा आईएमई–पे वालेटमा प्राप्त गर्नेगरी आईएमई डिजिटल र आईएमई लिमिटेडसँग सम्झौता गर्न पाउँदा आफूलाई निक्कै खुशी लागेको अल अहलिया एक्सचेन्जका निमित्त महाप्रबन्धक कमल सुब्बाले बताए ।

आईएमई पेमा दर्ता भएको मोबाइल नम्बर र प्राप्तकर्ताको नामका आधारमा रेमिट्यान्स नेपाल पठाउन सकिने निमित्त महाप्रबन्धक सुब्बाको भनाइ छ । आईएमई–पे ब्राण्डको प्रर्विद्र्घत संस्था आईएमई डिजिटल सोलुसन लिमिटेडका अध्यक्ष हेमराज ढकालले कोरोना भाइरस (कोभिड–१९) महामारीको समयमा सेवाग्राहीहरूले सुरक्षित तवरले आफ्नो वालेटमा नै रकम प्राप्त गर्न सक्नु धेरै महत्त्वपूर्ण रहेको बताए ।

यूएई नेपाल भित्रिने रेमिट्यान्सको मुख्य श्रोत भएको उल्लेख गर्दै अध्यक्ष ढकालले यो सेवाको विस्तारसँगै नेपाल भित्रिने रेमिट्यान्समा यूएईको योगदान बढ्दै जाने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया
सम्बन्धित