४ कार्तिक २०८३, बुधबार

प्रधानमन्त्रीको कदमविरुद्ध काठमाडौंमा फूलमाला लिएर प्रदर्शन (फोटोफिचर)

406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो कदम प्रतिनिधिसभा विघटनको विरोध गर्दै विवेकशील  पार्टीले काठमाडौंमा फूलमाला लिएर प्रदर्शन गरेको छ ।

शान्तिपूर्ण र सृजनात्मक प्रदर्शन गर्दै आएको विवेकशील पार्टीले आफ्नो ३७औंं पटकको प्रदर्शनमा आज फूलमाला सहित काठमाडौंमा सडकमा उत्रिएको हो ।

नेपालको राष्ट्रिय गानमा भने झैँ सैयौं थुङ्गा फूलका मालाका स्वरूपमा रहेका नेपालीहरूमा निहित सार्वभौमसत्ताको उपयोग गर्दै जारी गरिएको संविधानलाई प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटनको पछिल्लो कदमले संविधानमा अधिनायकवादको बुट बजारेको भन्दै उनीहरुले यस्तो प्रदर्शन गरेको बताएका छन् ।

नागरिकहरुको लामो समयदेखिको चाहना र ठूलो त्यागबाट बनेको संविधान समाप्त पार्ने बाटोमा नलाग्न र नागरिकहरुमा निहित सार्वभौमसत्ताको सम्मान गर्न आग्रह गर्दै फूलमाला लिएर प्रदर्शन गरेको विवेकशील पार्टीका नेता लक्ष्मण श्रेष्ठले बताए ।

विवेकशील पार्टीमा अधिनायकवादविरुद्ध रहेक सोमबार र बिहीबार माइतीघर मण्डलमा प्रदर्शन गर्दै आएको छ ।

हेर्नुहोस् थप तस्वीरहरू–