
काठमाडौं, १० फागुन । विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनु उचित हुने बताएका छन् ।
प्रतिनिधिसभा विगटनपछि उत्पन्न सङ्कटले संवैधानिक र राजनीतिक अस्थिरता निम्त्याएको भन्दै उनले भने, ‘देशको, संविधानको, लोकतन्त्रको भलो केपी ओलीले नागरिकसँग माफी माग्दै राजीनामा दिनुमै छ । अझ, यसो गर्दा सबैभन्दा बढी उनको भलो हुन्छ ।’
प्रतिनिधिसभा विगटनपछि उत्पन्न सङ्कटले संवैधानिक र राजनीतिक अस्थिरता निम्त्याएको मात्र नभइ युवाहरूमा गम्भीर नैराश्यता उब्जिएको उनको तर्क छ ।
आज सोमबार विभिन्न जिल्लाबाट काठमाडौं आएर अध्ययन गरिरहेका युवा विद्यार्थीहरुसँग काठमाडौंमा भएको छलफलका क्रममा उनले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएर युवाका लागि बाटो खाली गर्नुपर्नेमा जोड दिएका हुन् ।
‘देशमा २४ वर्षमुनि आधा जनसङ्ख्या छ । कपुरी क लेख्न सिक्नुभन्दा पहिले स्मार्ट फोन र गुगल चलाएर हुर्केका यो २१औँ शताब्दीका युवालाई विकास र समृद्धिको बारम्बार गफ दिएर केपी ओली र हालको पुस्ताका नेतृत्वले बारम्बार झुक्क्याएको छ । त्यसैले अब केपी ओलीको पुस्तालाईनै विस्थापन गरेर युवा पुस्ताले नेतृत्व गर्नुपर्छ,’ पाण्डेले भने ।















प्रतिक्रिया