४ कार्तिक २०८३, बुधबार

हिजो प्रतितोला ८०० रुपैयाँले बढेको सुनको मूल्य आज स्थिर, चाँदीको मूल्य भने बढ्यो

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० फागुन । अघिल्लो दिन आइतबार प्रतितोला ८०० रुपैयाँले वृद्धि भएको सुनको मूल्य आज सोमबार स्थिर छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोाला ८९ हजार र तेजाबी सुन प्रतितोला ८८ हजार ५५० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

सुनको मूल्य स्थिर रहे पनि चाँदीको मूल्य भने सोमबार वृद्धि भएको छ । आज चाँदी तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३३५ रुपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार चाँदी तोलामा २५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३३० रुपैयाँमा कारोबार भएको तियो ।

अन्तरराष्ट्रिय बजारमा भने सोमबार सुनचाँदी दुबैको मूल्य वृद्धि भएको छ । आज सुन प्रति अउन्स चार डलर भन्दा बढिले बढेर प्रति अउन्स १ हजार ७८९ डलरमा किनबेच हुँदै छ ।