४ कार्तिक २०८३, बुधबार

भव्य अफरहरूका साथ ‘दराज हाटबजार’ भोलिदेखि शुरू हुँदै

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० फागुन । भव्य अफरहरूका साथमा अनलाइन सपिङ प्लेटफर्म ‘दराज’ ले भोलि मंगलबारदेखि नेपालमा ‘दराज हाटबजार’ शुरू गर्ने भएको छ ।

यो हाटबजारमा दराजले ग्राहकहरूका लागि महाडिल, शून्य व्याजमा सजिलो मासिक किस्ता (ईएमआई), खेल १ रूपैयाँको, निःशुल्क वितरण, निःशुल्क भाउचरहरू जस्ता आकर्षक योजनाहरू अगाडि सारेको छ । साथै ग्राहकले दराज हाटबजारमा ५ लाखभन्दा बढी उत्पादनहरू उत्तम मूल्यमा पाउने छन् भने हरेक प्रकारका लुगा कपडा, नयाँ ग्याजेट, किरानालगायत सामान यो बजारबाट प्राप्त गर्ने छन् ।

दराजहाट बजारमा प्रदर्शित ‘खेल १ रूपैयाँको’ गेममा भाग लिने ग्राहकहरूले रू. १९ हजार ९९९ मूल्यको नयाँ ‘मोटोरोलाजीप्ले’ जस्ता पुरस्कार केवल १ रूपैयाँमा जित्न सक्ने छन् । यसबाहेक ग्राहकले रू. १५ हजार ९९० मूल्यको ‘अनर वाचम्यगिक’ घडी र रू. २१ हजार ७२५ पर्ने आकर्षक ‘तीन सेटको कामिलिंतजक सफ्ट साइड स्पिनर सुटकेस’ पनि जित्न सक्ने छन् ।

त्यस्तै रू. ७ हजार ८४५ पर्ने ‘छ महिनाको डिश होम इन्टरनेट प्याकेज’ पनि जित्न सकिन्छ । साथै अन्य उत्पादनहरू पनि रहेको आयोजकले बताएको छ ।

खेलमा भाग लिन ग्राहकहरूले बैंक कार्डमार्फत माथि तोकिएको सामानहरूलाई दराज एपमा दिइएको भाउचर कोड प्रयोग गरी १ रूपैयाँमा भुक्तानी गर्न सक्दछन् । यदि जितेनन् भने रकम फिर्ता हुने बताइएको छ ।

किनमेललाई सुविधाजनक बनाउन दाराजले नेपालका ४ वटा बैंकहरू– एनआईसी एशिया, सनराइज, सिटिजन्स र माछापुच्छ्रे बैंकसँग साझेदारी गरी सजिलोमा किस्ता सेवा (ईएमआई) शुरू गरेको पनि बताएको छ । उल्लेखित बैंकका ग्राहकहरूले उनीहरूको क्रेडिट कार्डको साथ आफूलाई मन परेको उत्पादनहरू शून्य ब्याज र शून्य डाउनपेमेन्टमा खरिद गर्न सक्ने छन् ।

यसबाहेक, ग्राहकहरूले दराज बैंक डेज छूटमार्फत डेबिट र क्रेडिट कार्डबाट प्री–पेमेन्ट गर्दा थप १५ प्रतिशत (रू. ५०० सम्म) छुट पाउन सक्छन् । यो अफर प्रत्येक दिन एउटा बैंकमा सिमित गरिएको छ ।

जसअनुसार आइतबार सिद्धार्थ बैंकबाट १५ प्रतिशत वा अधिकतम रू. ५०० सम्म, सोमबार सानिमा बैंकबाट १० प्रतिशत वा अधिकतम रू. ५०० सम्म, बुधबार एनआईसी एशिया बैंकबाट १० प्रतिशत वा अधिकतम रू. ५०० सम्म, शुक्रबार नाबिल बैंकबाट १० प्रतिशत वा अधिकतम रू. ५०० रूपैयाँसम्म र शनिबार स्ट्याण्डर्ड चार्टर्ड बैंकबाट १० प्रतिशत वा अधिकतम रू. ५०० रूपैयाँसम्म छूट प्राप्त गर्ने दराजले बताएको छ ।

साथै उच्च मागका कारण दराजले आफ्नो वितरण सेवा उपत्यका बाहिरका २० वटा नयाँ स्थानहरूमा पनि विस्तार गरेको जनाएको छ । यसकारण सुरक्षित र सजिलो अनलाइन किनमेलका फाइदाहरू अनुभव गर्न यो अभियान नयाँ प्रयोगकर्ताहरूका लागि उत्कृष्ट सुरूवात हुने दराजको विश्वास छ ।

उपत्यका बाहिर बर्दिबास, भीमदत्त, महेन्द्रनगर, छिरेश्वरनाथ, दमौली, देवदाहा, गैँडाकोट, कलैया, कपिलवस्तु, कावासोती, खैरहानी, लाहान, लेखनाथ, लुम्बिनी सांस्कृतिक, रामग्राम, राप्ती, रत्ननगर, साइनामाइना, सुनवाल, तिलोत्तमा र जलेश्वरमा आफ्नो सेवा विस्तार गरेको बताइएको छ ।