मंगलबार, ११ वैशाख २०८१
DainikNepal.com
मंगलबार, ११ वैशाख २०८१

‘मया पिरिम’मा अञ्जली अधिकारी र बिजय पुनको रोमान्स (फोटो/भिडियोसहित)

दैनिक नेपाल २०७७ फागुन १० गते १०:४८

काठमाडौं, १० फागुन । माया प्रेमको कथामा आधारित गीत ‘मया पिरिम’ हालै सार्वजनिक भएको छ ।

गायक ऋषि खड्का र समिक्षा अधिकारीको स्वरमा रहेको गीतको म्युजिक भिडियोमा अञ्जली अधिकारी र बिजय पुनको रोमान्स समावेश गरिएको छ ।

यसअघि पनि थुप्रै चर्चित गीतहरु बजारमा ल्याएर दर्शक/स्रोताको मन जितिसकेका ऋषि र समिक्षाले पछिल्लो समय सागीतिक कोसेली ‘मया पिरिम’ लिएर दर्शक/श्रोतामाझ आएका हुन् ।

सर्जक तथा गीतकार रबिन लामिछानेको उत्कृष्ट शब्द सृजना रहेको गीतमा ऋषि खड्का गायक स्वयम्ले संगीत भरेका छन् भने केशव बाडुले एरेन्ज गरेका हुन् ।

मौसम हिमालीको निर्देशनमा रहेको गीतको भिडियोमा चर्चित मोडल अञ्जली अधिकारी र बिजय पुन (पथर्को मुटु) को अभिनय रहेको भिडियोमा अन्य कलाकारहरुले साथ दिएका छन् ।

भिडियोमा कैद गरिएका दृश्य उपत्यका र काभ्रेका विभिन्न रमणीय ठाउँमा छायांकन गरिएको गीतको भिडियोलाई प्रबिन भट्टले सम्पादन गरेका हुन् । ‘मया पिरिम’ बोलको गीत गायक ऋषि खड्काको अफिसियल युट्यूव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

हेर्नुहोस् भिडियो–

प्रतिक्रिया
सम्बन्धित