शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

इरानले परमाणु केन्द्रहरूमा थप तीन महिना अनुगमन गर्न पहुँच दिने

दैनिक नेपाल २०७७ फागुन १० गते ८:४९

इरान, १० फागुन । इरानले संयुक्त राष्ट्रसंघका अनुगमनकर्ताहरूलाई आफ्नो परमाणु केन्द्रहरूमा अनुगमनका लागि थप तीन महिना पहुँच दिने भएको छ ।

संयुक्त राष्ट्रसंघका अनुसार इरान राष्ट्रसंघीय अनुगमन निकायका अधिकारीहरूलाई थप तीन महिना परमाणु केन्द्रहरूमा निगरानीका लागि स्वीकृति दिने भएको हो ।

हतारोमा भएको सम्झौताअनुसार संयुक्त राष्ट्रसंघीय अनुगमन निकाय आइएइएका अधिकारीहरूले इरानका परमाणु केन्द्रहरूमा पाउँदै आएको पहुँच भने सीमित भएको छ ।

इरानले मंगलबारदेखि आफ्ना परमाणु केन्द्रहरूमा अनुगमनकर्ताहरूको पहुँच सम्बन्धी नीति परिवर्तन गर्दैछ ।

सन् २०१५ मा भएको परमाणु सम्झौताबाट अमेरिकालाई बाहिर निकालेपछि तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको आर्थिक प्रतिबन्ध फुकुवा नभएको भन्दै इरानले नीति परिवर्तन गर्न लागेको हो ।

प्रतिक्रिया
सम्बन्धित