शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

फ्रेन्च लिग वान फुटबलमा मोनाकोसँग पिएसजी पराजित

दैनिक नेपाल २०७७ फागुन १० गते ८:४५

पेरिस, १० फागुन । फ्रेन्च लिग वान फुटबलअन्तर्गत आइतबार राति भएको खेलमा पेरिस सेन्ट–जर्मेन (पिएसजी) पराजित भएको छ ।

घरेलु मैदानमा भएको खेलमा साबिक विजेता पिएसजी मोनाकोसँग २–० ले पराजित भएको हो । भ्रमण टोली मोनाकोका लागि छैठौँ मिनेटमा डिओप तथा ५१ औँ मिनेटमा मारिपानले गोल गरेका हुन् ।

पिएसजीको प्रशिक्षकका रुपमा माउरिसिओ पोकेतिनोको यो दोस्रो हार हो । पराजित भएको पिएसजी २६ खेलबाट ५४ अंकसहित तेस्रो स्थानमा छ ।

चौथो स्थानको मोनाकोको समान खेलबाट ५२ अंक रहेको छ। आइतबार राति नै भएको खेलमा लोरिएन्तलाई ४–१ ले पराजित गरेको लिले २६ खेलबाट ५८ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ ।

प्रतिक्रिया
सम्बन्धित