६ मंसिर २०८३, आइतबार

बझाङमा बलात्कारमा सघाउने महिला पक्राउ

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बझाङ, १० फागुन । बझाङ जिल्लामा प्रहरीले महिलामाथि भएको बलात्कारमा संलग्न भएको आरोपमा एक महिलालाई पक्राउ गरेको छ ।

२०७६ फागुन १९ देखि फरार रहेकी केदारस्युँ गाउँपालिका–६ भाटसैनीकी ४० वर्षीया कालीदेवी धामीलाई आइतबार सिराडबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। ती महिलाले बलात्कारमा सघाएको भन्ने अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ ।

पीडितले दिएको जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ ।

बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक रुपक खड्काका अनुसार पक्राउ परेकी धामीलाई आवश्यक कारवाहीका लागि जिल्ला अदालतमा पेश गरिएको छ ।

सोही मुद्दामा फरार रहेका अर्का आरोपित दीपकबहादुर गुर्धामीको भने खोजी कार्य भइरहेको उनले बताए ।