बिहीबार, १३ फागुन २०७७
DainikNepal.com
बिहीबार, १३ फागुन २०७७

४३ दिनमा सकियो ऋषिराजको ‘चुरीफुरी’ (तस्वीरहरूसहित)

दैनिक नेपाल २०७७ फागुन ९ गते २०:४७

काठमाडौं, ९ फागुन । समसामयिक विषयमा ऋषिराज आचार्यले निर्माण गरेको कमेडी फिल्म ‘चुरीफुरी’ को छायांकन सकिएको छ ।

पुस अन्तिमबाट छायांकन थालिएको फिल्मको करिब ४३ दिनमा ‘इन्ड कल्याप’ गरिएको जानकारी निर्देशक आचार्यले दिएका छन् ।

आरबी मुभिजको ब्यानरमा रवीन्द्र झा, अभिषेक श्रेष्ठ, पूजा पन्त, राजीबजंग बस्नेत, सोना बज्राचार्य, रिञ्जिन गुरुङ, शिशिर भण्डारी, दीपक आचार्य (काकु), सुबोध गौतम (एदुमे), पवन खतिवडा (म्याकुरी), सुरवीर पण्डित, ऋतु आचार्य, सुनिता श्रेष्ठ, राजेन्द्र खाती, महेश्वर आचार्य, लक्ष्मी ढकाल (जोया), कमल सिंह, सरिस्मा मगर, अस्मिता बस्नेत, तुलसी श्रेष्ठ, रश्मी आचार्य, लक्ष्मण अधिकारी, दिल गोदार, मनिल तामाङ, जीपी पाठकलगायत कलाकारको अभिनय गरेको फिल्म राहुल राईले खिचेका हुन् ।

निर्देशक आचार्यकै लेखन रहेको फिल्मको निर्मातामा निर्देशक आचार्य स्वयम् र रिना ढकाल छन् । सहनिर्मातामा भने बिमला भुसाल, राजेन्द्र खाती र शिब थापा छन् । दीपक शर्माको संगीत रहेको फिल्मको गीतमा समीर आचार्य, विश्व नेपाली र बेनिशा पौडेललको स्वर छ । भिमफेदी ग्रुपले कोरियोग्राफी गरेको फिल्मको कला निर्देशक बिजय आचार्य छन् ।

कथाको मागअनुरुप नै फिल्ममा नयाँ तथा हास्य ब्यङ्ग्य क्षेत्रका कलाकारको बाहुल्यता रहेको निर्देशक आचार्य बताउँछन् । चर्चित मोडेल अभिषेक श्रेष्ठले हिरोका रुपमा डेब्यू गरेको ‘चुरीफुरी’ को सम्पादन नवीन निरौलाले गरिरहेका छन् ।

नवप्रतिभाहरु अडिसन मार्फत छनोट गरिएको बताउँदै निर्देशक आचार्यले ‘चुरीफुरी’ को प्रदर्शन मिति केही समयमै तय गरिने जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित