
काठमाडौं, ९ फागुन । सिभिल बैंकको दशौं वार्षिक साधारणसभा आइतबार भर्चुअल माध्यमबाट सम्पन्न भएको छ ।
साधारणसभाले बैंकका शेयरधनीका लागि ८.४२ प्रतिशत लाभांश पनि पारित गरेको छ । बैंक सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम बैंकको चुक्तापूँजीको ८ प्रतिशतका दरले हुन आउने रू. ६४ करोड २ लाख ७१ हजार १३७ बराबरको बोनश शेयर तथा कर प्रयोजनका लागि प्रतिशेयर ०.४२ प्रतिशतका दरले हुन आउने रू. ३ करोड ३६ लाख ९८ हजार ४८२ रुपैयाँ ८४ पैसा नगद लाभांश वितरण गर्ने प्रस्ताव साधारणसभाले पारित गरेको हो ।
साथै सभाले आर्थिक वर्ष २०७७/०७८ को लेखापरीक्षण गर्नका लागि ‘एनबीएसएम एण्ड एशोसियट्स’लाई लेखापरीक्षकमा पुनःनियुक्त गर्नाका साथै सिभिल बैंक र अन्य उपयुक्त बैंक तथा वित्तीयसंस्थाहरु एक आपसमा गाभ्ने/गाभिन (मर्जर) वा प्राप्ति (एक्विजिसन) गर्ने/हुने वा स्वदेशी/विदेशी रणनीतिक साझेदारीमा जान आवश्यक सहमति र सम्झौता गर्नेलगायत प्रचलित नियम, कानूनअनुसार बैंकको तर्फबाट गर्नुपर्ने सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्र्ने निर्णय पनि गरेको छ ।
करिब ५ लाखभन्दा बढी ग्राहकलाई ११४ वटा शाखा, ६ वटा एक्सटेन्सन काउन्टर तथा ८९ वटा एटीएममार्फत सेवा प्रदान गरिरहेको सिभिल बैंकले करिब रू. ७८ अर्व भन्दा बढी निक्षेप परिचालन गरी रू. ७२ अर्व रुपैयाँभन्दा बढी कर्जा लगानी गरिसकेकोे बताएको छ ।















प्रतिक्रिया