४ कार्तिक २०८३, बुधबार

मुक्तिनाथ विकास बैंकको ‘आस्क मुक्तिभाइ’ भर्चुअल सहयाता सेवा शुरू

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ फागुन । मुक्तिनाथ विकास बैंकले डिजिटल माध्यमको प्रोत्साहन तथा ग्राहकहरुको सुविधाका लागि ‘ऋास्क मुक्तिभाइ’ नामक भर्चुअल सहयाता सेवा आफ्नो वेबसाइटमार्फत सञ्चालनमा ल्याएको छ ।

ग्राहकहरुले यस भर्चुअल सहयाता सेवामार्फत छिटो, छरितो र सहज रुपमा बैंकका प्रडक्ट र सेवाका साथै बैंकसँग सम्बन्धित जानकारी, सेवाग्राही जिज्ञासाहरुको बारेमा जानकारी प्राप्त गर्न सक्ने बैंकले बताएको छ ।

यो सेवा इन्टरनेटको पहुँचमा रहेका व्यक्तिले २४ घण्टै लिन सक्ने छन् । आर्टिफिसियल इन्टेलिजेन्स आधारित यो च्याटवट सेवा डिजिटल बैंकिङका अत्याधुनिक पद्दतिबाट सञ्चालनमा ल्याएको हो ।

यस सेवाका लागि बैंकको वेबसाइटमा गएर दायाँतर्फ ऋास्क मुक्तिभाइ वा बैंकको मासकट ‘मुक्तिभाई’ किल्क गरेर त्यहाँ छनोट या टाइप गरेर सेवा प्राप्त गर्न सकिने बैंकले जानकारी दिएको छ ।