मंगलबार, ४ वैशाख २०८१
DainikNepal.com
मंगलबार, ४ वैशाख २०८१

प्रतिनिधिसभा पुनःस्थापना हुने सम्भावना कम छ : बार कोषाध्यक्ष

दैनिक नेपाल २०७७ फागुन ९ गते १७:००

काठमाडौं, ९ फागुन । नेपाल बार एशोसिएसनका कोषाध्यक्ष रुद्र पोखरेलले प्रतिनिधिसभा पुनःस्थापनाको सम्भापना निकै कम रहेको बताएका छन् ।

अहिले अदालतसामू ठूलो चूनौती रहेको उल्लेख गर्दै उनले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा दुवै पक्षबाट अदालतमाथि हमला भएको समेत बताएका छन् ।

आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले भने, ‘यो विषयलाई लिएर सर्वोच्च अदालतमाथि एक किसिमको हमला गरिएको अवस्था छ । यो भन्दा पहिला, विभिन्न कोणबाट अदालतमाथि बोलियो । अदालतलाई थ्रेट गर्ने काम भयो । मैले गरेको विघटन सही छ भनिएको पनि सुनियो । दुवै तर्फबाट आएका अभिव्यक्ति न्यायपालिकामाथि उचित ढंगका अभिव्यक्ति होईन ।’

न्यायालयले स्वतन्त्र निर्णय गर्नेमा आफू विश्वस्त रहेको बताउँदै उनले संविधान र कानूनले तोकेको परिधिभन्दा बाहिर गएर फैसला नआउने दाबी समेत गरे । ‘अहिलेको जुन वातावरण छ, संवैधानिक व्यवस्था छ, यो हेर्दाखेरि म संसद पुनःस्थापना हुन्छ भन्नेमा कम विश्वास राख्छु,’ उनले भने ।

प्रतिक्रिया
सम्बन्धित