शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

कोरोना अपडेट : २४ घण्टामा ८० जना संक्रमित थपिँदा १२१ जना डिस्चार्ज, मृतकको संख्या शून्य

दैनिक नेपाल २०७७ फागुन ९ गते १६:४७

काठमाडौं, ९ फागुन । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ८० जना नयाँ संक्रमित थप भएका छन् ।

बितेको २४ घण्टामा देशभर ३ हजार ३२५ जनाको स्वाब परीक्षण गर्दा उक्त संख्यामा संक्रमित पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ७३ हजार ४३१ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२१ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमण निको हुनेको संख्या २ लाख ६९ हजार ८७६ जना पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा देशभर कोही पनि संक्रमितको मृत्यु नभएको मन्त्रालयले जनाएको छ । शुक्रबारसम्मको विवरण अनुसार हालसम्म नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ६१ जना पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या १ हजार ४९४ छ ।

मन्त्रालयका अनुसार हालसम्म नेपालमा २१ लाख ३९ हजार ६३४ जनाको पीसीआर विधिबाट स्वाब परीक्षण गरिएको छ भने अहिले १ हजार ४९४ जना आइसोलेसन र ६८ जना क्वारेन्टिनमा छन् ।

प्रतिक्रिया
सम्बन्धित