४ कार्तिक २०८३, बुधबार

फोनलोनबाट १०० दिनमा १००० जनाले लिए ऋण

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ फागुन । फोनबाट ऋण लिने सुविधाप्रति आकर्षण तीब्र देखिएको छ ।

हाल फोन लोनको सुविधा तीनवटा वाणिज्य बैंकले दिएका छन् । हालसम्म नबिल बैंक, लक्ष्मी बैंक र कुमारी बैंकले फोनबाट ऋण लिन सकिने सुविधा प्रदान गरेका छन् ।

नेपालमा पहिलोपटक शुरु भएको फोन लोनमार्फत १०० दिनमा १ हजार जनाले ऋण लिएका छन् । एफवान सफ्टले विकास गरेको फोन लोन सुविधामा बैंकिङ र कर्पोरेट क्षेत्रमा काम गर्ने व्यक्तिहरूमा तीब्र आकर्षण देखिएको हो ।

बैंकमा खाता भएका व्यक्तिहरूले आवश्यकता अनुसार ऋण मोबाइलबाट लिन सक्ने छन् । बैंकमा नियमित कारोबार गरेका र क्रेडिट हिस्ट्र राम्रो रहेका ग्राहकहरूलाई यस्तो सुविधा प्रदान गरिन्छ । बैंकले दुई लाख रूपैयाँसम्म यस्तो लोन दिने गरेका छन् ।

बैंकमा खाता भएका व्यक्तिहरूले आफ्नो मोबाइल बैंकिङमार्फत निवेदन दिएको केही मिनेटमै ग्राहकको खातामा ऋण उपलब्ध हुन्छ । यसका लागि बैंंकसम्म जानु्पर्ने तथा धितो राख्नुपर्ने झन्झट हुँदैन । ऋण लिन इच्छुक ग्राहकले कुनै कागजी प्रक्रिया बिना नै आफ्नो मोबाइल बैंक एपको प्रयोग गरी ऋणका लागि निवेदन दिन सक्ने छन् ।

विनाधितो, विनाकागजी प्रक्रिया तत्कालै ऋण पाइने भएकाले यसमा आकर्षण निकै बढेको एफवान सफ्टका प्रमुख कार्यकारी अधिकृत सुवास शर्माले बताए । ‘एफवान सफ्टले जहिले पनि आम मानिसको दैनिकीलाई सहज र सरल बनाउने किसिमका प्रविधिको निर्माण गर्दछ । यसैक्रममा हामीले फोनबाटै लोन लिन सकिने प्रविधिको विकास गयौं,’ उनले भने ।