४ कार्तिक २०८३, बुधबार

मकवानपुरमा गाँजा जलाएर फर्किदै गरेको प्रहरीमाथि आक्रमण, दुई राउण्ड हवाई फायर

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मकवानपुर, ९ फागुन । मकवानपुरको राक्सिराङ गाउँपालिका–१ गाल्छाराङमा बारीमा लुकाई राखेको करिब १८ क्वीन्टल अवैध लागूऔषध गाँजा बरामद गरी जलाएर फर्किइरहेको प्रहरी टोलीमाथि स्थानीयले आक्रमण गरेका छन् ।

स्थानीयको आक्रमणपछि उत्पन्न परिस्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर समेत गर्नु परेको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुर र ईलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरी टोलीले उक्त गाँजा जलाएर नष्ट गरेको हो ।

गाँजा नष्ट गरी कार्यालय फर्कने क्रममा राक्सिराङ गाउँपालिका कुपिनटारस्थित सडकमा स्थानीयहरूले आक्रमण गरी प्रहरीको गाडीहरू र प्रहरीहरूलाई समेत हातपात गरेपछि प्रहरीले दुई राउण्ड हवाई फायर गरी स्थितिलाई नियन्त्रणमा लिएको बताइएको छ ।

सडक अवरोध गरी प्रहरीलाई हातपात गर्नेमध्ये सोही गाउँपालिका–१ बस्ने ४० वर्षीय कान्छालाला रुम्वालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

साथै सोही गाउँपालिका कुपिनटारस्थित बारीमा रहेको अवैध लागूऔषध १५ केजी गाँजा र १४ केजी गाँजाको भाँङ समेत प्रहरीले बरामद गरेको छ ।