४ कार्तिक २०८३, बुधबार

हरिहर-सावित्री स्मृति पुरस्कार राजेश्वर नेपालीलाई

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ फागुन । नेपाल हिन्दी प्रतिष्ठानका अध्यक्ष एवं प्रेस स्वतन्त्रता सेनानी वरिष्ठ साहित्यकार राजेश्वर नेपालीलाई हरिहर–सावित्री स्मृति पुरस्कार प्रदान गरिएको छ ।

काठमाडौंको अपराजिता फाउण्डेशनद्वारा आयोजित कार्यक्रमका बीच उनलाई यो पुरस्कार प्रदान गरिएको हो । एक कार्यक्रमका बीच त्रिवि केन्द्रीय हिन्दी विभागका प्रमुख डा सञ्जिता वर्माले उनलाई पाँच हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरे ।

पुरस्कृत व्यक्तित्व नेपालीले आफूले पत्रकारिता र साहित्य साधनाका लागि विसं २०४३ देखि अहिलेसम्म दर्जनौँ पुरस्कारबाट पुरस्कृत तथा पाँच दर्जनभन्दा बढी संस्थाबाट सम्मानित भए पनि फाउण्डेशनले पुरस्कृत गरेकामा खुशी व्यक्त गरेका छन् ।