बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

सरकार र प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाबीच वार्ताको तयारी

दैनिक नेपाल २०७७ फागुन ९ गते ११:१८

काठमाडौं, ९ फागुन । करिब दुई वर्षदेखि प्रतिबन्धमा रहेको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र सरकारबीच वार्ताको तयारी भएको छ ।

विप्लव समूहसँग वार्ताका लागि सरकारले आन्तरिक तयारी थालेको बताइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले वार्ताको तयारी थाल्न मन्त्रीहरुलाई निर्देशन दिएका छन् ।

खानेपानी मन्त्री मणि थापाले वार्ताका लागि सम्पर्क सूत्रका रुपमा काम गरिरहेको बताइएको छ । हिजो शनिबार मात्रै विप्लव समूहका महासचिव विप्लवले विज्ञप्ति जारी गर्दै वार्ताका लागि आफूहरु सकारात्मक रहेको जानकारी दिएका थिए ।

मन्त्री थापाले १८ दिनअघि नख्खु जेलमा पुगेर उक्त पार्टीका नेता हेमन्तप्रकाश वली ‘सुदर्शन’लाई भेटेको समाचार बाहिर आएको थियो । सरकारले यो पार्टीलाई आपराधिक समूह ठहर गर्दै २०७५ फागुन २८ गते प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित