४ कार्तिक २०८३, बुधबार

श्रीमानविरुद्व उजुरी दिन जनकपुर आएकी महिला होटेलमा मृत फेला

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

जनकपुरधाम, ९ फागुन । जनकपुरधाम उपमहानगरपालिका–७ स्थित नमस्कार होटेलमा एक महिला मृत अवस्थामा फेला परेकी छन् ।

दुई दिनयता उक्त होटेलमा बस्दै आएकी अन्दाजी ३५ वर्षीया महिला शनिबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ती महिला होटेलको कोठा नम्बर ११३ मा झुण्डिएको अवस्थामा फेला परेकी हुन् ।

मृत फेला पर्ने महिला महोत्तरी सदरमुकाम जलेश्वर नगरपालिका–२ बस्ने समीक्षा पोखरेल पाण्डे रहेको प्रहरीले बताएको छ । उनी दुई दिनअघि आफ्ना श्रीमानविरुद्व जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दिन गएकी थिइन् ।

उजुरी दिएर उनी होटेलमै बसेको अवस्थामा मृत फेला परेकी हुन् । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।