बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

डीआईजी सिंहले दश घण्टाभित्रै फत्ते गरे काम, अपहरणकारी पक्राउ

दैनिक नेपाल २०७७ फागुन ९ गते ८:१५

जनकपुरधाम, ९ फागुन । धनुषाबाट अपहरणमा परेका ७ वर्षीय बालक चन्दन दासको प्रहरील सकुशल उद्धार गरेको छ ।

अपरहणमा संलग्न तीन जनालाई प्रहरीले पक्रउ गरेको छ । नगइराइन नगरपालिका वडा नम्बर ६ जटहीबाट शनिबार बिहान अपहरणमा परेका चन्दनलाई जनकपुरधामस्थित एक होटलबाट शनिबार राति उद्धार गरिएको दुई नंं. प्रदेश प्रहरी प्रमुख डीआईजी धिरजप्रताप सिंहले जानकारी दिए ।

चन्दन दास जटहीका रमेश दासका छोरा हुन । चन्दन शनिबार दिउँसो १ बजेबाट हराएका थिए । प्रहरीले दश घण्टाभित्र बालकको सकुशल उद्धार गरेर अपराधमा संलग्नलाई पक्राउ गरेको छ ।

साँझ उनको घरमा बच्चालाई अपहरण गरिएको भन्दै १ करोड फिरौती माग गरिएको थियो ।

बच्चालाई जनकपुरधामको माछा बजार नजिकै राखिएको अवस्थामा उद्धार गरिएको डीआईजी सिंहले बताएका छन ।

बच्चाको अपहरणमा संलग्न भएका उनका दुई जना मामा लक्ष्मेश्वर दाससहितका पक्राउ परेका छन् ।

प्रहरीले अपहरित बालकका पिता रमेशलाई पनि पक्राउ गरेको छ । बच्चा अपहरणमा उनको पनि संलग्नता भएको आशंकामा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

घटनाबारे अन्य अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित