३ कार्तिक २०८३, मंगलबार

परिवार दलद्वारा धिरेन्द्र प्रेमशी र टिका पुन लगायत कलाकारलाई सम्मान

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 काठमाडौं, ८ फागुन । लामो सययदेखि कला, साहित्य तथा विभिन्न क्षेत्रमा क्रियाशील रहेर समाज विकासमा उत्कृष्ठ योगदान गरेका व्यत्तित्वलाई परिवार दलले सम्मान गरेका छन् ।

नेपाल परिवार दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकालले उनीहरुलाई राजधानीमा आयोजित छुट्टाछुट्टै कार्यक्रमा सम्मान गरेका हुन् ।

सिस्नुपानी नेपालका सदस्य कलाकार धिरेन्द्र प्रेमशी झा, लोक तथा आधुनिक गायिका टिका पुन, मैथली भाषाविज्ञ रुपा झा, कलाकार उदिराम खड्का, एन्जल श्रेष्ठ लगायतलाई परिवार दलले सम्मान गरेको हो ।

यसरी सम्मानित हुनेमा युवा वैज्ञानिक बसन्त कुमार शाही, सुपर मेमोरी किङ बिजय शाही, गिनिज बुक रेकडिस्ट, मंगल बिस्ट, गायिका प्रभिमा गहतराज, गायिका स्मृति शाही, गायक सरोज सुनाम, कलाकार लक्ष्मी शाही, पूर्वराष्ट्रसेवकलगायत छन् ।

परिवार दल काठमाडौं–कर्णाली प्रदेश र प्रदेश २ सम्पर्क समितिद्धारा आयोजित छुट्टाछुट्टै कार्यक्रममा उनीहरुलाई अध्यक्ष ढकालले सम्मान गरेका हुन् ।