४ कार्तिक २०८३, बुधबार

म्याग्दे दमौली समाजको अध्यक्षमा मनिराज

980
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दमौली, ८ फागुन । म्याग्दे दमौली समाजको अध्यक्षमा मनिराज थापा चयन भएका छन् ।

म्याग्दे दमौली समाजको आज शनिबार सम्पन्न प्रथम अधिवेशनबाट थापाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो । समाजको अध्यक्ष भाग्यशाली ढुङ्गानाको अध्यक्षतमा सम्पन्न अधिवेशनबाट नयाँ कार्यसमिति चयन भएको हो ।

यसैगरी समाजको उपाध्यक्षमा क्या. तारा मल्ल, सचिवमा विकास खनाल, सहसचिव कमला वाग्ले, कोषाध्यक्षमा रमा वाग्ले, सदस्यहरुमा हरिशचन्द्र वाग्ले, वलराम वाग्ले, शुक नारायण मल्ल, शेरकुमार कायस्थ, देवी पौडेल खनाल, राजकुमार श्रेष्ठ ‘बीबी’ रहेका छन् ।

कार्यक्रमका प्रमुख अतिथि व्यास नगरपालिकाका मेयर वैकुष्ठनाथ मिश्रले समाज गठनले समाजको सदस्य र त्यस स्थानमा बस्ने व्यक्तिहरुको हकहितमा काम गर्न सहज हुने बताए । एकता नै बल भएको हुँदा परेको बेलामा समाजले महत्वपूर्ण भुमिका खेल्ने बताए ।

आर्थिक तथा भौतिक रुपमा कमजोर भएको व्यक्तिलाई समाजले सहयोग गर्दै आइरहेकोमा खुशी व्यक्त गरे । यसैगरी कार्यक्रममा जिल्ला समन्वय समितका उपप्रमुख, म्याग्दे गाँउपालिकाका प्रमुख माया राना, व्यास नगरपालिकाका उपप्रमुख मीरा जोशी, म्याग्दे गाँउपालिकाका उपप्रमुख वालकृष्ण घिमिरेले समाजको सफलताको शुभकामना दिएका थिए ।

११० जना आजीवन सदस्य रहेको समाजले मानवीय हक हितका लागि काम गर्दै आइरहेको छ ।