
संखुवासभा, ८ फागुन । नेकपा स्थायी समिति सदस्य वर्षमान पुन अनन्तले संसद विघटनबारे सर्वोच्च अदालतले गर्ने फैसला आफूहरुले स्वीकार गर्ने बताएका छन् ।
जननिर्वाचित संसद विघटनको विरोधमा प्रचण्ड–माधव समहूको नेकपाले शनिबार खाँदबारीमा गरेको जनसभालाई सम्बोधन गर्दै उनले फैसला स्वीकार गर्ने बताएका हुन् । पुनले प्रधानमन्त्री केपी ओलीले संविधानमा उल्लेख नभएको अधिकार प्रयोग गरी असंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन गरेको भन्दै अदालतले संसद पुनस्र्थापना गर्ने विश्वास व्यक्त गरे ।
‘न्यायालयले संविधानको अक्षर, भावना र मर्म तथा संविधानसभाको विधायकी मनसायअनुसार फैसला गर्छ भन्ने हाम्रो विश्वास छ,’ नेता पुनले भने, ‘न्यायालयले गर्ने फैसला हामी स्वीकार गर्छौं ।’















प्रतिक्रिया