
काठमाडौं, ८ फागुन । विश्व हिन्दू परिषद् नेपाल धनुषा जिल्ला कार्य समितिद्वारा जनगणना सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
आज शनिबार जनकपुरधामस्थित गायत्री कुञ्ज अतिथि सदनको सभाहलमा आयोजना गरिएको थियो ।
नेपाल सरकारको केन्द्रीय तथ्याङ्क विभागले प्रत्येक दश वर्षमा गर्ने राष्ट्रिय जनगणनाको बाह्रौँ शृंखला आगामी जेष्ठ २२ देखि असार ८ गते सम्म सञ्चालन हुँदैछ ।
उक्त जनगणनाका लागि तयार पारिएको फारममा धर्म जनाउने बुदाँहरुमा ‘प्रकृति पूजक’ एवं ‘अन्य’ शीर्षक भएको बुदाँ समेत समावेश गरिएकोप्रति विश्व हिन्दू परिषद् नेपालको गम्भीर ध्यानार्षण भएको कार्यक्रममा वक्ताहरुले बताएका थिए ।















प्रतिक्रिया