४ कार्तिक २०८३, बुधबार

राप्रपा टीकापुर अब आफ्नै भवनमा हुने

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कैलाली, ८ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी क्षेत्र नं. १ ले टीकापुरमा भवन आफ्नै भवन बनाउने निर्णय गरेसँगै आज आफ्नो जग्गामा भवनको शिलान्यास गरेको छ ।

राप्रपाका पूर्व माननीय एवं केन्द्रीय सदस्य कैईया चौधरीले एक कार्यक्रमकाबीच भवनको शिलान्यास गरेका हुन् ।

राप्रपा कैलाली क्षेत्र नं. १ का क्षेत्रीय अध्यक्ष मान सिंह साउदको अध्यक्षतामा सम्पन्न सो शिलान्यास कार्यक्रममा पार्टीका पूर्वसभासद एवं केन्द्रीय सदस्य रामदुलारी चौधरी विभिन्न भातृ संगठनका पदाधिकारीहरु लगायतको उपस्थिति थियो । राप्रपाले आफ्नै नाममा रहेको २ कठ्ठा १२ धुर जग्गामा भवन बनाउन लागेको हो ।

उक्त भवन निर्माणको लागि सहयोग रकम समेत संकलन हुन थालेको छ ।

पहिलो चरणमा क्षेत्रीय अध्यक्ष मान सिंह साउदबाट १ लाख ५१ हजार, लोकबहादुर रावलबाट ५१ हजार, पुरु दाहालबाट ११ हजार १००, नरबहादुर वोगटीबाट ५ हजार १००, रेशम भण्डारीबाट २ हजार १००, रंगनाथ जैसीबाट १ हजार तथा जितबहादुर शाहीबाट ५०० संकलन भएको भवन निर्माण समितिले जनाएको छ ।