४ कार्तिक २०८३, बुधबार

प्रचण्डले जनताको चेतनालाई चुनौती दिए, अब राजनीतिमा सफलता पाउन सम्भव छैन : ओली

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, ८ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड–माधव समूहले जनताको चेतनालाई चुनौती दिएकाले अब नेपालको राजनीतिमा सफलता पाउने सम्भावना नरहेको बताएका छन् ।

मुलुकको विकास र समृद्धिमा तगारो हालेका कारण प्रचण्डले अब नेपालको राजनीतिमा सफलता नभइ पतनको गलत बाटो रोजेको बताएका छन् । ‘उहाँसँग पहिला वैद्य हुनुहुन्थ्यो, त्यसपछि डाक्टरलाई लिनुभयो, त्यो पनि नभए पनि अहिले झाँक्री लिनुभएको छ,’ ओलीले भने, तपाईंलाई अब झाँक्रीले बचाउन सक्दैन । किनभने गलत बाटो रोजिसक्नुभयो ।’

विराटनगरमा आयोजित विशाल आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अझै पनि पार्टीमा फर्किने भए फर्किन अपिल गर्दै भनेका छन्, ‘फर्किनुहुन्न भने भीरबाट लड्ने गाईलाई राम राम मात्रै भन्ने हो काँधै त थाप्न कहाँ सकियो छ ?’

सिद्धिसकेका प्रचण्डलाई पार्टी एकीकरणको माध्यमबाट ठूलै जुरो आफूले हालिदिएको भए पनि उनले आफैलाई सिध्याउन खोजेको आरोप ओलीले लगाएका छन् ।