४ कार्तिक २०८३, बुधबार

अवसरवादीहरुले देशलाई अस्थिरतातिर धकेल्ने प्रयत्न गरे : गृहमन्त्री बादल

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटागर, ८ फागुन । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले नेपालमा उत्पन्न पछिल्लो परिस्थिति देशभित्रैका अवसरवादीहरुले सृजना गरेको बताएका छन् ।

नेपालको विकास र समृद्धि नचाहाने शक्ति त्यो पनि नेकपाभित्रै लुकेकाहरुले वर्तमान अवस्थाको सृजना गरेको उनको भनाइ छ । विराटनगरमा जारी आमसभालाई सम्बोधन गर्दै बादलले मुलुकमा विद्यमान अवसरवाद, फुटवाद र पदलोलुपहरुले कम्युनिष्ट पार्टीको दुईतिहाई जनमत सिध्याउन षडयन्त्र गरेकाकाले आजको परिस्थिति उत्पन्न भएको बताएका छन् ।

अवसरवादीहरुले फुटलाई सफल बनाए पनि जनताको इजलाशले उनीहरुलाई छूट नदिने उनको भनाइ छ । जनताका अगाडि ती फुटवाद, गुटवाद र अवसरवादको भण्डाफोर गर्दै निर्वाचनमा केन्द्रित हुनुपर्ने उनले बताएका छन् ।

वर्तमान परिस्थितिले पार्टीभित्र सुद्धिकरणको व्यापक अभियान चलेको भन्दै फुटवादीको भ्रममा नपर्न जनतामा आग्रह गरेका छन् ।