४ कार्तिक २०८३, बुधबार

प्रचण्ड–माधव समूह छोडेर शेरबहादुर र उषाकला ओली समूहमा फर्किए, यस्तो छ कारण

882
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ फागुन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताद्धय शेरबहादुर तामाङ र उषाकला राई मुलधारको नेकपा (ओली समूह)मा फर्किएका छन ।

प्रचण्ड–माधव समूहमा पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नेताका रुपमा स्वीकार गर्न नसकिने भन्दै तामाङ र राइ पुनः मुलधारको नेकपामा फर्किएको बताएका छन् ।

राइ आज शनिबारको विराटनगरको सभामा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपामा क्रियाशिल हुने घोषणा गर्ने तयारीमा छिन् ।

उनीहरू यसअघि पनि पार्टी विभाजन लगत्तै ओली समूहमै रहेका थिए तर पछि प्रचण्ड–माधव समूहको दबाब र कार्यकर्ताको अनुरोधमा अर्को समूहका लागेका थिए । तर प्रचण्डलाई नेता मान्न नसकिने निष्कर्षसहित उनीहरु पुनः ओली समहू (मुलधार) मा फर्किएका हुन् ।