४ कार्तिक २०८३, बुधबार

विराटनगरमा आज नेकपा ओली समूहले शक्ति प्रदर्शन गर्दै, दुई लाख जनता उतार्ने दाबी

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को ओली समूहले आज विराटनगरमा शक्ति प्रदर्शन गर्दैछ ।

प्रतिनिधिसभा विघटनपछि विभाजित बनेको नेकपाको ओली समूहले चुनावी प्रचारप्रसार गर्ने तथा सरकारको कदमका पक्षमा जनमत देखाउन विराटनगरमा शक्ति प्रदर्शन गर्न लागेको हो ।

विराटनगर महानगरपालिका–२ को विराट नर्सिङ होमको पूर्वतर्फ रहेको मैदानमा आयोजना हुने जनसभामा दुई लाख जनता उपस्थित हुने दाबी गरिएको छ ।

आमसभालाई प्रधानमन्त्री ओली, गृहमन्त्री रामबहादुर थापा ‘बादल’, नेता सुभासचन्द्र नेम्वाङ, प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलगायतले सम्बोधन गर्ने भएका छन् ।