शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

ओली नेतृत्वको नेकपाले विराटनगरमा सभा गर्दै

दैनिक नेपाल २०७७ फागुन ८ गते १०:५२

विराटनगर, ८ फागुन । प्रधानमन्त्री केपी ओली नेतृत्वको नेकपाले आज विराटनगरमा जनसभा गर्ने भएको छ ।

सभालाई ओलीले सम्बोधन गर्नेछन । विराटनगरको विराट नर्सिङ होम अगाडि हुने आमसभाको तयारीका लागि मञ्च व्यावस्थापन गरिएको छ ।

कार्यक्रमलाई सफल बनाउन नेकपाले यसअघि नै बृहत् मोटरसाइकल र्‍याली तथा मार्चपास गरिसकेको छ ।

कार्यक्रममा ओली समूहको नेकपा प्रदेश कमिटीका अध्यक्ष देवराज घिमिरेको संयोजकत्वमा १ हजार १ सय ११ सदस्यीय जनपरिचालन मूल कमिटी गठन गरिएको जनाइएको छ ।

कार्यक्रममा प्रदेश नम्बर १ बाट १ लाखभन्दा बढी मानिसहरू जनभासमा उतार्ने तयारी रहेको आयोजकले जनाएको छ । विशेष गरेर मोरङ, सुनसरी, झापा, इलाम, धनकुटा, भोजपुर र उदयपुरबाट बढी मानिस ल्याउने गरी तयारी भईरहेको छ ।

सभामा प्रधानमन्त्री ओलीसहित गृहमन्त्री राम बहादुर थापा, सुवास नेम्वाङ, प्रदेशका मुख्यमन्त्री शेरधन राईलगायत अन्य नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित