४ कार्तिक २०८३, बुधबार

कतार एयरवेजले ‘एचएच द अमिर स्वर्ड फेस्टिभल २०२१’ को प्रायोजन गर्ने

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ फागुन । कतार एयरवेज प्रसिद्ध ‘एचएच द अमिर स्वर्ड फेस्टिभल २०२१’ को आधिकारिक एयरलाइन प्रायोजक बनेको छ ।

तीन दिने प्रतियोगिता फेब्रुअरी १८ देखि २० सम्म कतार रेसिङ एण्ड इक्युस्ट्रियन क्लबमा हुने छ । जसमा संसारका उत्कृष्ट अरबी घोडाहरु हुनेछन् । यस प्रतियोगितामा विश्वका सर्वश्रेष्ठ प्रतियोगीहरुले शानदार खेल प्रस्तुत गर्दै ‘एचएच द अमिर स्वर्ड’ उपाधिका लागि भिड्ने छन् ।

सन् २०१९ मा कतार एयरवेजले कतार रेसिङ एण्ड इक्युस्ट्रियन क्लबसँगको साझेदारीलाई थप तीन वर्षका लागि नवीकरण गरेको थियो ।

साझेदारीसँगै एयरलाइन्सले बेलायतको कतार गुडवुड फेस्टिभल र फ्रान्सको कतार प्रिक्स डे एलआरक डे ट्राइम्फेलगायत आफ्नो अन्तर्राष्ट्रिय प्रतिष्ठित घोडा दौड प्रतियोगिताहरूको प्रायोजन जारी राखेको छ ।