
काठमाडौं, ७ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वैशाख १७ र २७ गतेका लागि घोषित निर्वाचन कार्यक्रम प्रभावित हुनेगरी ढिलासुस्ती नगर्न निर्वाचन आयोगलाई चेतावनी दिएका छन् ।
अझैसम्म निर्वाचन कार्यक्रम प्रकाशित नगरेकोप्रति असन्तुष्टि व्यक्त गर्दै प्रधानमन्त्री ओलीले आयोगको गतिविधिप्रति आशंका व्यक्त गरेका छन् ।
शुक्रबार ७१औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा आयोजित साहित्यिक तथा सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भनेका छन्, ‘पुस ५ गते प्रतिनिधिसभा विघटन गरेसँगै ६ गते बिहान बोलाएर आयोगका अधिकारीहरुलाई निर्वाचनको तयारी गर्नुस् भन्या छु, निर्वाचन गर्नुपर्ने निकायले निर्वाचनको तयारी समयमा गर्नुपर्दछ ।’
आफूले आयोगका अधिकारीहरुसँग बुझ्दा तयारी गरिरहेको बताए पनि बाहिर देखिनुपर्ने कामहरु ‘निर्वाचन कार्यक्रम सार्वजनिक’ नगरेको ओलीको भनाइ छ । तोकिएकै मितिमा निर्वाचन गराउने सरकारको नीति रहेको भन्दै उनले निर्वाचन हुन नदिन कसैले पनि षडयन्त्र नगर्न चेतावनी समेत दिएका छन् ।
प्रतिनिधिसभा विघटनपछि निर्वाचनको घोषणा गरिएको र तयारी समेत भइरहेको अवस्थामा संविधानमाथि घात गर्यो भन्नुको कुनै तुक नभएको प्रधानमन्त्री ओलीको भनाइ छ ।
यो पनि पढ्नुहोस्–















प्रतिक्रिया