
काठमाडौं, ७ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ को प्रदेश प्रमुखमा डा. राजेश झा ‘अहिराज’लाई नियुक्त गरेकी छिन् ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले झालाई शुक्रबार प्रदेश प्रमुख नियुक्त गरेकी हुन् । नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम झालाई प्रदेश प्रमुखमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
यसअघि शुक्रबार राष्ट्रपति भण्डारीले प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गरेकी थिइन् । नागरिक अभियन्ता र राजनीतिक विश्लेषक समेत रहेका डा. अहिराजले पत्रकारिता क्षेत्रमा पनि क्रियाशील छन् ।















प्रतिक्रिया