४ कार्तिक २०८३, बुधबार

प्रजातन्त्रको आधार र प्रजातान्त्रिक पद्धतिमाथि नै प्रश्न उब्जियो : अध्यक्ष जबरा

504
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शमशेर जबराले स्वेच्छाचारिता र प्रतिगमनलाई परास्त गरी नेपाली धरोहरसहित प्रजातन्त्र सम्वद्र्धन गर्नुपर्ने बताएका छन् ।

प्रजातन्त्रको आधार र प्रजातान्त्रिक पद्धतिमाथि नै प्रश्नचिह्न खडा भएको बेला, प्रजातन्त्र जोगाउन नेपाली धरोहर र संरचनाको जगेर्ना गर्नुपर्नेमा अध्यक्ष राणाले जोड दिएका छन् ।

७१औं प्रजातन्त्र दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले भने, ‘स्वेच्छाचारिता र प्रतिगमनबीच प्रजातन्त्र र पद्धतिजन्य प्रश्न उठेको समय, राष्ट्रिय धरोहर र नेपाली हुनुको मूल्य मान्यता सम्वद्र्धन गर्नुको विकल्प छैन ।’

राणाले ट्वीट गर्दै भनेका छन्, ‘प्रजातन्त्र दिवसको अवसरमा आम नेपालीजनमा हार्दिक शुभकामना ।’