४ कार्तिक २०८३, बुधबार

कांग्रेस महासमिति सदस्य मित्रसेन दाहालको निधनप्रति दुःख व्यक्त

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ फागुन । नेपाली कांग्रेसले पार्टीको महासमिति सदस्य मित्रसेन दाहालको निधप्रति दुःख व्यक्त गरेको छ ।

जिल्ला कार्यसमिति ओखलढुङ्गाका पूर्वपार्टी सचिव समेत रहेका दाहालको आज शुक्रबार बिहान उपचारको क्रममा काठमाडौंको ओम अस्पतालमा हृदयघातका कारण निधन भएको हो ।

स्वर्गीय दाहालले नेपाली कांग्रेसद्वारा सञ्चालित २०४२ सालको सत्याग्रह र लोकतान्त्रिक आन्दोलनका क्रममा पटक–पटक गरी डेढ वर्ष जेल जीवन समेत व्यतित गरेको कांग्रेसले जनाएको छ ।

स्वर्गीय दाहाल राजनीतिक क्षेत्रको साथ साथै लामो समयदेखि दर्जनौं सरकारी तथा गैरसरकारी, व्यावसायिक, सामाजिक, शैक्षिक र विविध संघसंस्थाहरुमा संलग्न रहँदै आएको कांग्रेसले जनाएको छ ।

कांग्रेसका सभापति शेरबहादुर देउवाले उनको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् । स्वर्गीय दाहालको श्रीमती, दुई छोरा र एक छोरी छन् ।

आजै अपरान्ह ३ बजे उनको पशुपति आर्यघाटमा दाहसंस्कार गरिने कार्यक्रम छ ।