
काठमाडौं, ७ फागुन । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र पे–लेस एप्सबीच सिटिजन्स बैंकको कार्डबाहकहरूलाई विशेष छूट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
सो समझदारीपश्चात् सिटिजन्स बैंकका कार्डवाहकहरुले पे–लेस एप्ससँग आवद्ध ४५० भन्दा बढी आउटलेटहरूमा विशेष छूट पाउने छन् । हालसम्म सिटिजन्स बैंकको कार्ड नभएका ग्राहकहरुलाई पनि तत्कालै नयाँ कार्ड उपलब्ध गराउन सिटिजन्स बैंकले इन्स्ट्यान्ट कार्डको व्यवस्था गरेको बताएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १०९ वटा शाखा, ९८ वटा एटीएम र १०७ वटा शाखारहित बैंकिङ इकाइहरुबाट करिब ७ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।















प्रतिक्रिया