
धनगढी, ७ फागुन । हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीय किशोरी भागरथी भट्टको शव यनका आफन्तले बुझेका छन् ।
१५ दिनदेखि जिल्ला अस्पतालमा रहेको भागरथीको शव आज शुक्रबार आफन्तले बुझेका हुन् । शव बुझेसँगै आजै उनको अन्त्यष्टि गरिने बताइएको छ ।
बलात्कापछि हत्या गरेको अभियोगमा पक्राउ परेका दिनेश भट्टले अभिभावकको रोहबरमा बयान लिने क्रममा आफूले बलात्कारपछि हत्या गरेको स्विकारेपछि भागरथीका परिवारले शव बुझ्न मानेका हुन् ।
पक्राउ परेका दिनेशले यअसघि घटना घटाएको भरपर्दो प्रमाण पेश नगरेको भन्दै परिवारले शव बुझ्न मानेका थिएनन् । उनीहरूले घटनामा अरु पनि संलग्न भएको हुनसक्ने आशंका गरेका थिए ।
भागरथी गत माघ २१ गते बुधबार विद्यालयबाट घर फर्केकी थिइनन् । भोलिपल्ट साँझ विद्यालय जाने बाटो नजिकै उनको शव विभत्स अवस्थामा फेला परेको थियो ।
यो पनि पढ्नुहोस्–















प्रतिक्रिया