
काठमाडौं, ७ फागुन । पछिल्लो तीन दिनयता निरन्तर घटिरहेको सुनको मूल्य आज शुक्रबार पनि उच्च दरले घटेको छ ।
एकै दिन आज सुन तोलामा १ हजार रुपैयाँले घटेर विगत ९ महिनायताकै सस्तो विन्दुमा झरेको छ ।
१ हजार रुपैयाँ सस्तिएसँगै आज शुक्रबार छापावाला सुन प्रतितोला ८८ हजार २०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ८७ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
२०७७ को जेठ २८ गते सुनको मूल्य प्रतितोला ८८ हजार ६०० रूपैयाँ तोकिएको थियो । त्यसपछिका महिनामा भने सुन ९० हजार भन्दा माथिल्लो तहमा खरिदबिक्री भएको थियो ।
९ महिनापछि सुनको मूल्यमा भारी गिरावट भएर ८८ हजार हाराहारीमा झरेको हो ।
शुक्रबार सुनसँगै चाँदीको मूल्य पनि घटेको छ । पछिल्लो समय निरन्तर रुपमा उकालो लागेको चाँदीको मूल्य तीन दिनयता भने घटिरहेको छ । आज चाँदी तोलामा ३० रुपैयाँले घटेर प्रतितोला १ हजार ३०५ रुपैयाँमा कारोबार भइरहेको छ ।















प्रतिक्रिया