४ कार्तिक २०८३, बुधबार

सवारी दुर्घटनामा परी ९ जनाको मृत्यु

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ फागुन । रौतहट, रुपन्देही, धनुषा, सुनसरी, कञ्चनपुर, सप्तरी र मकवानपुरमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ९ जनाको मृत्यु भएको छ ।

प्रहरी प्रधान कार्यालयको केन्द्रीय समाचार कक्षको समाचार बुलेटिनअनुसार रौतहटको चन्द्रपुर नगरपालिका–१० गौर चपुर सडकमा ना. ७ त १३२५ नम्बरको ट्याक्टर अनियन्त्रित भई बिहीबार दिउँसो दुर्घटना हुँदा ट्याक्टरमा सवार चन्द्रपुर नगरपालिका–९ चेतनगर विर्ता बस्ने ६२ वर्षीया कलावती चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको चपुरस्थित चन्द्रपुर प्रालि अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका अन्य ७ जना मध्ये ६ जना उपचार पश्चात डिश्चार्ज भएका छन् भने १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।

त्यस्तै रुपन्देहीको तिलोत्तमा नगरपालिका–१५ मधवलियास्थित सडकमा ना. ३ ख ८१५२ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने २५ वर्षीय कृष्ण गैरेको बिहीबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते उनको मणिग्राम अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी रुपन्देहीकै देवदह नगरपालिका–१० चरङ्गे जंगलस्थित सडकमा लु. ४३ प ६८१७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार साँझ दुर्घटना हँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेहरुमा मोटरसाइकल चालक देवदह नगरपालिका–८ बस्ने २७ वर्षीय रामबहादुर थापा र मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने २५ वर्षीय प्रकाश न्यौपाने छन् ।

यसैगरी धनुषाको गणेशमान चारनाथ नगरपालिका–८ पोर्ताहास्थित सडकमा प्रदेश २–०३–००१ ख ४६४ नम्बरको मिनीट्रक र लु. ५१ प ४१५५ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई बिहीबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक गणेशमान चारनाथ नगरपालिका–८ बस्ने २५ वर्षीय भगवान बाबु यादवको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको न्यूरो अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । फरार ट्रक चालकको प्रहरीले खोजी गरिरहेको छ ।

त्यस्तै सुनसरीको ईटहरी उपमहानगरपालिका–१६ लबिपुरस्थित सडकमा ना. ४ ख ९९११ नम्बरको तेलको ट्याङ्करको ठक्करबाट पैदलयात्री सोही उपमहानगरपलिका–१६ बस्ने ६५ वर्षीया सोम्नी चौधरीको बिहीबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ । ट्याङ्कर चालकलाई प्रहरीले नियनत्रणमा लिएको छ ।

कञ्चनपुरको पुनर्वास नगरपालिका–१ ढक्कास्थित सडकमा ना. ४४ प ९७०४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई विद्युतको पोलमा ठोक्किएर बिहीबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक बेलैरी नगरपालिका–८ कलकत्ता बिसपुरी बस्ने २३ वर्षीय गोबिन्द चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । घाइते भएका मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने २३ वर्षीय हिक्मत चौधरीको सोही अस्पतालमा उपचार भइरहेको छ ।

त्यस्तै सप्तरीको बोदेबर्साइन नगरपालिका–७ हैटीस्थित सडकमा स. ११ प ४६४३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार दिउँसो दुर्घटना हँदा मोटरसाइकल चालक सप्तरी खडक नगरपालिका–९ लालपट्टी बस्ने २८ वर्षीय मो.लियाकतको बिहीबार दिउँसो मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जीवन दिप अस्पताल बोदेबरसाईनमा उपचारको क्रममा मृत्यु भएको हो ।

त्यस्तै मकवानपुरको मनहरी गाउँपालिका–८ स्थित सडकमा ना. ६ ख ३४२७ नम्बरको ट्रकले बा. ४२ प २५०८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सिमपानी बस्ने ३० वर्षीय जनक ढकालको बिहीबार राति घटनास्थलमै मृत्यु भएको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनास्थलमा तत्काल खटिएको स्थानीय प्रहरीले आवश्यक उद्दार कार्य गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।