४ कार्तिक २०८३, बुधबार

ग्रीनलाइफ हाइड्रोपावरको आइपीओ बाँडफाँड, भाग्यमानी दुई जनाले पाए ११ कित्ता

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ फागुन । ग्रीनलाइफ हाइड्रोपावरले सर्वसाधारणमा बिक्री गरेको साधारण शेयर (आइपीओ) आज शुक्रबार बाँडफाँड भएको छ ।

कम्पनीको आईपीओका लागि आवेदन दिएका कुल लगानीकर्तामध्ये ३ लाख २५ हजार १६५ जनाले प्रतिव्यक्ति १० कित्ताका दरले शेयर प्राप्त गरेका छन् ।

सो बाँडफाँटपश्चात बाँकी रहेको २ कित्ता शेयर प्रतिव्यक्ति १ कित्ताका दरले दुई जना आवेदकले प्राप्त गरेका छन् । थप १÷१ कित शेयर प्राप्त गर्ने ती महाभाग्यमानी आवेदकले ११÷११ कित्ता शेयर पाएका छन् ।

विक्री प्रबन्धक बीओके क्यापिटलका अनुसार ३ लाख २५ हजार १६३ जना आवेदकले १० कित्ता पाएका छन् भने २ जनाले ११ कित्ता पाएका हुन् ।

हाइड्रोपावरको आइपीओमा १३ लाख २२ हजार ९७१ जना आवेदकबाट २ करोड २६ लाख ९१ हजार ४९० कित्ता शेयरका लागि आवेदन परेको थियो ।

ग्रीनलाइफ हाइड्रोपावरले माघ २३ गतेदेखि प्रतिशेयर १०० अंकित मूल्यका १८ लाख कित्ता र स्थानीय बासिन्दाका लागि जारी शेयरमा बिक्री नभएको १६ लाख ८६ हजार ४०० कित्ता गरी कुल ३४ लाख ९६ हजार ४०० कित्ता साधारण शेयर निष्काशनमा ल्याएको थियो ।