मुम्बई । बलिउड नायिका दीया मिर्जाले विवाह गरेकी छिन् । उनले आफ्ना प्रेमी वैभव रेखीसँग विवाह गरेकी हुन् । उनीहरूले मुम्बईमा आफ्ना साथी र परिवारका सदस्यको सानो जमघटमा बिहे गरेका हुन् । वैभव पेसाले व्यवसायी हुन् ।
मोडलिङबाट करिअर सुरू गरेकी दीया सन् २००० की मिस इन्डिया सेकेन्ड रनर अप र सोही वर्षकी मिस एसिया प्यासिफिक हुन् । फिल्म ‘रेहेना है तेरे दिलमे’ बाट बलिउडमा प्रवेश गरेकी दीयाले ‘दम’, ‘दीवानापन’, ‘परिणिता’, ‘लगे रहो मुन्नाभाइ’, ‘सलाम मुम्बई’ लगायत फिल्ममा अभिनय गरिसकेकी छिन् ।
उनी अभिनेता सञ्जय दत्तको बायोपिक ‘सञ्जु’ मा मान्यता दत्तको भूमिकामा देखिएकी थिइन् । उनको पछिल्लो बलिउड फिल्म ‘थप्पड’ हो ।
दीयाको सन् २०१४ मा व्यवसायी शाहिल सांगासँग बिहे भएको थियो । सन् २०१९ मा उनीहरूको डिभोर्स भयो ।















प्रतिक्रिया